प्रदेश-३ को नाम बागमती राखिएको विरोध नेवा-ताम्सालिङ प्रदेश समितिद्वारा आन्दोलन घोषणा


२७ पुष २०७६, आईतवार
1512 Shares
communist

काठमाडौं, २७ पुस । प्रदेश–३ को नाम बागमती राखिएकोप्रति आपति जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेवा–ताम्सालिङ प्रदेश समिति आन्दोलनको घोषणा गरेको छ ।

राजधानीमा आइतबार पत्रकार सम्मेलन गर्दै उक्त समितिले प्रदेश नम्बर–३ को प्रदेशसभा र सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको विरुद्धमा यही पुस २८ गते प्रदेश नम्बर– ३ मा यातायात, शैक्षिक संस्था, उद्योग–कलकारखानासहित नेवा–ताम्सालिङ प्रदेशव्यापी हड्ताल गर्ने संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यस्तै, देशभक्त जनसांस्कृतिक आन्दोलन सञ्चालन गरिने समितिले सार्वजनिक गरेको छ ।
प्रदेश समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेकपा (माओवादी केन्द्र) ले अगावै प्रदेश नं. ३ को नामाकरण नेवा–ताम्सालिङ गरियोस भनी प्रदेश सरकारका अधिकारी समक्ष ज्ञापन गरिएको हो ।

त्यस विपरीत सत्ताधारी डबल नेकपाको गोर्खाली अन्धराष्ट्रवादी बहुमतले नेवा–ताम्सालिङको ऐतिहासिक तथा सामुदायिक पहिचान कुल्चेर कथित बाग्मती नामाकरण थोपरेकोमा खेद प्रकट गर्दै नेकपा (माओवादी केन्द्र) नेवा–ताम्सालिङ प्रदेश समिति उक्त फोहर बाग्मती नामाकरण खारेज गर्दछ ।

jagdamba.cement
rbbbb

महान जनयुद्व र जनआन्दोलनका उपलब्धीहरु एक पछि अर्को खोस्दै गणतन्त्र नै समाप्त पार्ने त्यस प्रतिक्रान्तिकारी अपराधको भण्डाफोरमा उत्रन देशभक्त एवं पहिचान पक्षधर जन–समुदायमा गम्भीर अपिल गर्दछ ।’

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य अरुण घिसिङले जनयुद्धमा पहिचानका मुद्दा स्थापित गर्नको लागि ठूलो संख्यामा रगत बगेको र बलिदानी भएको सुनाउँदै आज त्यसको विरुद्धमा प्रदेश नम्बर ३ को नामाकरण गरिएको भन्दै कडा आपत्ति जनाए ।


तत्कालीन माओवादी केन्द्र एमालेसँग एकीकरणमा गए पनि गोपाल किरातीले पुनः नेकपा माओवादी केन्द्र गठन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७