बौद्धमा गोली हानेर फरार अभियुक्त पक्राउ


२७ पुष २०७६, आईतवार
pestol
सांकेतिक तस्वीर

काठमाडौं,२७ पुस । ज्यान मुद्दामा फरार अभियुक्त गुण्डा नाइके बिष्णु लामामाथि प्रहरीले गोली चलाएको छ । महानगरीय अपराध महाशाखाको टोलीले लामामाथि बौद्धस्थित जोरपाटीको जम्बुडाँडामा गोली हानेको हो ।

गोली लागेर घाइते सिन्धुपाल्चोक घर भएका लामालाई ट्रमामा उपचारको लागि लगिएको महानगरीय महाशाखाले जनाएको छ। घाइते लामाको दुवै घुँडामुनि २ गोली लागेको बताइएको छ । विशेष सूचनाको आधारमा जम्भुडाँडा गएको टोलीले तामाङलाई नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि उनीमाथि गोली प्रहार गरिएको हो । गोली लागेर घाइते भएका लामालाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ ।

त्यस्तै, ०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिनाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको हत्या गरेको अभियोग पनि तामाङमाथि छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७