गुट समाप्त नभएमा पार्टी समाप्त हुन्छ : सुजाता कोइराला


२७ पुष २०७६, आईतवार
70 Shares
sujata koirala

भक्तपुर, २७ पुस । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले गुट समाप्त नभएमा पार्टी समाप्त हुने बताकी छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन भक्तपुरले आज यहाँ आयोजना गरेको ‘जिपी कोइरालाको जीवनवृत्त एवं परिचर्चा’ विषयक अन्तरक्रियामा उनले काँग्रेस बनाउन काँग्रेसभित्रका गुटलाई समाप्त गर्नुपर्नेमा जोड दिइन् ।

फाउण्डेशनका केन्द्रीय अध्यक्ष कोइरालाले बहस र छलफलका माध्यमबाटै पार्टीभित्रको समस्या समाधान गरी अघि बढ्नुपर्छ भन्दै देशको सीमा मिचिँदा सरकारसँगै काँग्रेस नेतृत्वले पनि आवाज उठाउनुपर्नेमा चुकेको बताइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कोइरालाले देशको सीमा मिचिँदा सरकार भने राष्ट्रवादको कुरामै सीमित भएको आरोप लगाउँदै भनिन्, “देशको भूमि छिमेकीले हडपिसक्यो तर सरकार भने एक इञ्च पनि छोडिँदैन भनेर राष्ट्रवादको स्वाङ गरिरहेको छ ।”

कार्यक्रममा अर्थशास्त्री डा विश्व पौडेलले नेपालको आर्थिक विकासको इतिहाससँगै हाल चर्चामा रहेको अमेरिकी सहयोग कार्यक्रम एमसिसीबारे विस्तृत चर्चा गरिन् । पूर्वराजदूत जयराज आचार्यले सङ्क्रमणकालीन अवस्थामा पनि प्रधानमन्त्री भएका बेला गिरिजाप्रसाद कोइरालाले देशको आर्थिक विकासमा जोड दिएको बताए ।

jagdamba.cement
rbbbb

कार्यक्रममा काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा र फाउण्डेशनका भक्तपुर अध्यक्ष विदुरमानसिंह बस्नेतले नेपाली राजनीतिमा स्व कोइरालाको योगदानबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७