मेगा बैंकको थप ४ वटा एक्सटेन्सन काउन्टर


२७ पुष २०७६, आईतवार
mega 1 768x494 1

काठमाडौं, २७ पुस । मेगा बैंक नेपाल लिमिटेडले उपत्यकामा थप चार वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

काठमाडौँंको टोखा नगरपालिकाको झोर, भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा, भक्तपुरकै भक्तपुर नगरपालिकाको कमलविनायक र ललितपुरको ललितपुर महानगरपालिकाको सुनाकोठीमा मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो ।


अब मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २५ पुगेको छ । एक्सटेन्सन काउन्टरको विस्तारपछि सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास छ ।

ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित देशभर १ सय ११ वटा शाखा कार्यालयहरु, ११४ वटा एटीएम, ११९ वटा शाखारहित बैंकिङ सेवा र ३ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७