२०७६ पुस २८ गते सोमबारको तपाईको राशिफल


२८ पुष २०७६, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी मध्यम खालको दिन छ । ठूलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने वा चोरी हुने भय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वास उत्पन्न हुनेछ । परिवारमा झैझमेलाको अवस्था आउँला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आफन्तसँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने छ । स्वादिष्ट भोजन पाइने छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बन्न लागेको काम विग्रिने छ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । मनोरञ्जनमा सहभागी भइएला । परिवारिक सद्भाव बढ्ने छ । व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्ने छ । परिवारमा सुख सन्तोष छाउने छ । कला र गलाको प्रभाव बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । राज्यबाट मान सम्मान पाइने छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज रोकिएको धन हात पर्ला । धर्म, कर्म, परोपकार, समाज सेवा जस्ता कार्यमा मन लाग्ने छ । अतिथिको रूपमा सत्कार पनि पाइने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । आकस्मिक धन लाभ हुनेछ । जोश जाँगर र हिम्मत बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । वित्तीय संस्थाबाट सहयोग पाइने छ । पदोन्नतीको सम्भावना प्रवल छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पूरा होला । कलकारखाना र बन्द व्यापारमा फाइदा हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७