टी-२० सिरज : भारतीय टिमका रोहित र शमी फर्किए टिममा


२८ पुष २०७६, सोमबार
266 Shares
rohit and shami DCCoP6K3Rs

काठमाडौं, २८ पुस । रोहित शर्मा न्युजिल्याण्डविरुद्धको टी–२० सिरिजका लागि भारतीय टिममा फर्किएका छन् । साथै तीव्र गतिका बलर मोहम्मद शमी पनि टिममा फर्किएका छन् ।

यी दुई खेलाडीलाई श्रीलङ्काविरुद्धको टी–२० सिरिजमा आराम दिइएको थियो । टी–२० सिरिज भारतले दुई शून्यले आफ्नो पक्षमा पार्दा पहिलो टी–२० वर्षाका कारण रद्द भएको थियो । न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी–२० सिरिजका लागि भारतीय चयनकर्ताले छानेको टिम यस्तो छ–

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), केएल राहुल, शिखर धवन, श्रेयस अय्यर, मनीष पाण्डे, ऋषभ पन्त (विकेटकीपर), शिवम दुबे, कुलदीप यादव, यजुवेन्द्र चहल, वाशिङ्टन सुन्दर, जसप्रीत बुमराह, मोहम्मद शमी, रविन्दर जडेडा र शार्दुल ठाकुर ।

श्रीलङ्काविरुद्धको टी–२० सिरिजमा उपस्थिति जनाएका सञ्जु सैमसनले यो सिरिजमा स्थान बनाउन सकेनन् । यसका साथै हार्दिक पाण्ड्या पनि अनपिट हुँदा यो सिरिजमा परेनन् ।
न्युजिल्याण्डविरुद्धको पाँच टी–२० सिरिजको पहिलो खेल आउँदो जनवरी २४ मा अकल्याण्डमा हुनेछ ।

jagdamba.cement
rbbbb

टी–२० सिरिजपछि फेब्रुअरीमा भारतीय टिमले न्युजिल्याण्डसँग तीन वटा एक दिवसीय र दुई वटा टेस्ट म्याचको सिरिज खेल्नेछ । तर एक दिवसीय टिम र टेस्ट टिमको घोषणा भइसकेको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७