अमेरिका, युरोप र खाडी जान फन्दामा पर्छन् शिक्षितहरु नै, गुम्यो २१ करोड बढी


२८ पुष २०७६, सोमबार
airport 1

काठमाडौं, २८ पुस । झण्डै ५० लाख खर्चेर अवैध बाटो हुँदै अमेरिका छिरेका दाङ तुल्सीपुरका ३५ बर्षीय युवक ‘डिपोर्ट’ भएर यही पुस ४ गते काठमाडौ उत्रिए ।

प्रहरीको मानव बेचविखन ब्यूरोको प्रारम्भिक बयानमा उनले आफ्नो शैक्षिक योग्यता १० कक्षा पास मात्रै भएको बताए । थप अनुसन्धानपछि थाहा भयो, उनी स्नाकोत्तर तहको अध्ययन सकेर स्थानीय बोर्डिङमा पढाउँदा रहेछन् ।

मानव तस्करको फन्दामा परेको सार्वजनिक हुँदा आफ्नो प्रतिष्ठा कमजोर हुने सोचेर उनले आफ्नो शैक्षिक योग्यता ढाँटेका रहेछन् । दाङका यी युवाजस्तै मानव बेचविखनमा परेकाहरुमा उच्च शैक्षिक योग्यता भएका धेरै छन् ।

पढालेखालाई अवैध बाटोबाट अमेरिका र युरोपदेखि खाडीका देशसम्म छिराइदिने आशा देखाउने एजेन्टहरुको शैक्षिक योग्यता भने कम छ । मानव बेचविखनका २ सय ६७ घटनामा संलग्न पीडित र पीडकको शैक्षिक पृष्ठभूमिको अध्ययनबाट थाहा हुन्छ, पढे लेखेकैहरु थोरै पढेका कमजोर शैक्षिक योग्यता भएकाहरुबाट ठगिन्छन् ।

१७६ पुरुष र ९१ महिला पीडितले प्रहरीमा दिएका निवेदनमा मानव बेचविखन समूहको फन्दामा परेर २१ करोड ६१ लाख ४६ हजार रुपैंयाँ गुमाएको दावी गरेका थिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७