‘आफैँले रिसर्च गरेको पिएचडी भाइभामा प्राध्यापक नै रुन्छन्’


प्रकाशित मिति : January 4, 2018

६ दशक पुरानो त्रिभुवन विश्वविद्यालय । तर, गुणस्तर सुधार हुनुपर्नेमा, राजनीतिक जालोमा जेलिएको छ । ०१६ सालअघि सञ्चालनमा रहेका विभिन्न क्याम्पसलाई एकीकृत गरेर त्रिविको संरचना तयार पारियो । पछिल्लोपटक थपिएको एकसहित त्रिविका ६१ आंगिक क्याम्पस छन् । र, त्रिविको शिक्षाध्यक्ष ९रेक्टर० पदमा छिन्, प्रा।डा। सुधा त्रिपाठी । शिक्षाध्यक्षको जिम्मेवारीमा रहेको दुई वर्षमा उनले त्रिविमा धेरै बेथिति देखिन्, बेहोरिन् । त्यो भोगाइ नयाँ पत्रिकाका भवानीश्वर गौतमलाई सुनाइन् ः

जागिरका लागि राजनीति
त्रिभुवन विश्वविद्यालय ठूलो छ । यसको गुणस्तर सुधार गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती हो । त्रिविको गुणस्तर सुधार्न गुणस्तरीय जनशक्ति भित्राउनुपर्छ । हामीले गुणस्तरीय जनशक्ति भित्राउन खोज्दा सरोकारवाला पक्षबाट बाधा हुँदो रहेछ । हामीसँग आंशिक शिक्षक छन् । उनीहरू महिनौँ आन्दोलित भए । उनीहरूले आफूहरूलाई स्वतः करार चाहियो भनेका छन् ।

स्वतः करार भन्नुको अर्थ कतै प्रतिस्पर्धा नगरी जागिर खान खोज्नु हो । कताबाट सोर्स लगाएर त्रिविमा प्रवेश गरेका छन् । कतिपय गुणस्तरकै आधारमा त्रिविमा प्रवेश गरेका छन् भने अधिकांश सोर्स–फोर्सका आधारमा प्रवेश गरेका छन् । उनीहरूलाई स्वतः करार चाहिएको छ । करार भएपछि त्रिविमा जागिर पाको हुन्छ ।

त्रिविलाई आवश्यक पर्दा लिने र नचाहिएको वेला हटाउन सक्ने करारको प्रकृति हो । त्यही सोचाइका आधारमा जागिर खान आउनुपर्ने हो । तर, आंशिकमा प्रवेश गरेपछि यति वर्ष लगानी भयो भन्दै अडान लिएका छन् । पहिले एक हजार तीन सय ८० जनालाई सरकारले करार घोषणा गरिदियो ।

उनीहरूलाई प्रतिपस्र्धामा उतारेर, छानेर लिएको भए स्तर कायम हुन सक्थ्यो । तर, त्यसो हुन सकेन । त्यसैले करार भएकामध्ये केही राम्रा भए पनि धेरै ‘झारपात’ छन् । झारपातले उत्पादन गरेका जनशक्ति भविष्यमा कस्ता होलान् रु अहिले पनि त्यही प्रवृति दोहिरिएको छ ।

मैले त्रिविका लागि सरकारबाट दरबन्दी आओस् र हामी सेवा आयोगलाई उपलब्ध गराउँछौँ, जो गुणस्तरीय ठहरिन्छन्, उनीहरूलाई स्थायी शिक्षकमा त्रिविमा प्रवेश गराउँछौँ भनेर अडान लिएकी छु । आंशिकले स्वतः करार मागेका छन्, त्रिविका पदाधिकारीमा पनि गुणस्तर परीक्षण नगरी भिœयाउन चलखेल भएको छ ।

कुन राजनीतिक पार्टीमा आबद्ध शिक्षक कति भन्ने आधारमा पनि लबिङ भइरहेको छ । पार्टीका नेतादेखि त्रिविका पदाधिकारीसम्मले स्वतः करारमा भित्र्याउन खोजेका छन् । यसरी त्रिविको सुधार हुँदैन ।

स्थायी भइसकेका शिक्षकलाई गुणस्तरीय बनाउन त्रिविका शिक्षकलाई संस्कृत विश्वविद्यालयबाट पिएचडी गर्न नदिने निर्णय गर्दा पनि समस्या आयो । शिक्षकहरूबाटै व्यवधान भयो । त्रिविमा अवसर दिँदादिँदै किन संस्कृत विश्वविद्यालयमा जानुपर्‍यो रु यसमा सजिलै अनुमान लगाउन सकिन्छ ।

त्रिविका डिन कार्यालयदेखि विभिन्न कार्यालय प्रमुखहरूले १० जना कर्मचारी लैजाऊ, दुईजना क्षमतावान् कर्मचारी देऊ भनिरहेका छन् । यसको अर्थ त्रिविमा धेरै कर्मचारी क्षमतावान् छैनन् भन्ने हो ।

रातदिन काम गर्ने क्षमतावान् कर्मचारी पनि छन् र क्षमता नभएका, घाम तापेर जागिर खाने पनि छन् । एउटा फाइल महिना दिन घुम्छ । एउटा फाइलको पछि–पछि पदाधिकारी घुम्नुपर्छ । त्यो स्तर विकास गर्नुपर्‍यो भन्दा कर्मचारी रुष्ट हुन्छन् ।

कक्षामै काँप्ने प्राध्यापक
कतिपय प्राध्यापक अल्टिमेटम र हडतालमा व्यस्त हुन्छन् । पढाउन नपर्ने मानसिकता बोकेका धेरै प्राध्यापक छन् । १०औँ वर्षसम्म नपढाई खाएका छन् । कतिपय प्राध्यापक कक्षामा प्रवेश गर्दा काँप्ने खालका छन् । गाइड र गेसपेपर लेखेर त्यही कृतिका आधारमा प्राध्यापक भएका छन् ।

उनीहरू कक्षामा पढाउन सक्दैनन् । हामीले यस्तो अवस्था देखेपछि प्राध्यापक हुने कार्यविधि परिवर्तन गर्दै छौँ । यो परिवर्तनका लागि मैले प्रयास गरिरहेकी छु । मेरो विचारमा अब पिएचडी गरेको व्यक्ति मात्र प्राध्यापक पदमा लड्न योग्य हुने व्यवस्था गर्नुपर्छ । यहाँ त एउटा रिसर्च आर्टिकल पनि नलेखेको व्यक्ति प्राध्यापक भएको छ ।

पिएचडीको भाइभा फेस गर्न नसकेर आँसु पुछ्दै बाहिरिने प्राध्यापक पनि छन् । मेरै भाइभामा कति प्राध्यापक रोए । त्यस्ता पिएचडीलाई हामी किन अस्वीकार गर्दैनौँ ?

आँसु चुहाउने प्राध्यापक
त्रिविमा कतिपय प्राध्यापक निकै कमजोर छन् । भाइभामा आँसु पुछ्दै बाहिरिने प्राध्यापक पनि छन् । पिएचडीको भाइभामा गएको छु, त्यतिवेला भाइभा फेस गर्न नसकेर आँसु झारेका प्राध्यापक देखेँ । त्यस्ता पिएचडीलाई हामी किन अस्वीकार गर्दैनौँ रु अब त्यस्तो व्यवस्था गर्नुपर्छ ।

अब पिएचडीमा पनि सबैलाई अवार्ड गर्न जरुरी देखिएको छैन । तलबाटै कतिपय छाँट्नुपर्ने अवस्था देखिएको छ । पिएचडी चानचुने कुरा होइन । जसले भाइभा दिने हो, ऊ त्यो विषय क्षेत्रको सबैभन्दा आधिकारिक व्यक्ति हो । आफैँले रिसर्च गरेको हो भने त्यसमा आँसु झार्नुपर्ने अवस्था त नआउनुपर्ने ।

कतिपयले थेसिस किनबेच नै गरेको पनि सुन्छौँ, त्यसलाई शंका गर्ने कि नगर्ने रु आफैँले गरेको रिसर्चमा रिसर्च कमिटीका सबैलाई सन्तुष्ट हुने जवाफ दिनुपर्छ । सबैभन्दा जान्ने नै रिसर्च गरेको व्यक्ति हो । आफैँले पिएचडी गरेको हो भने उसैले र्‍याखर्‍याख्ती पार्न सक्नुपर्छ ।

भाइभामा आँसु झार्ने प्राध्यापक आफैँले पिएचडी रिसर्च गरेको होइन । मैले प्रश्न गर्दा रेक्टरले पूर्वाग्रह राख्यो भनेर रुवावासी गर्छन् । अनि, भाइभामा राम्रो नगर्नेले पनि राजनीति गर्न खोज्छन् ।

एमफिल गरेर आउनेहरू पनि छन् । कतिपय एमफिल गरेकाको पनि पिएचडीमा राम्रो छैन । कतिपय एमएबाट सीधै आएको र एमफिल गरेर आएकामा फरक छैन । राम्रा व्यक्तिले एमफिल नगरी पिएचडी गरे पनि राम्रो गरेका छन् । जो नराम्रा थिए, एमफिल गरे पनि राम्रो हुन
सकेका छैनन् ।

प्राध्यापकले मर्यादा जोगाएनन्
प्राध्यापन विश्वमै सम्मानित पेसा हो र प्राध्यापक सम्मानित पद । विदेश र नेपालको सन्दर्भमा प्राध्यापकलाई हेर्ने दृष्टिकोण फरक छ । नेपालमा प्राध्यापकले आफ्नो इज्जत राख्न नसकेको पनि हो । योग्यता नै नभएका व्यक्ति पनि प्राध्यापक भएकाले यस्तो भइरहेको छ ।

पार्टीका नेताहरू मन्त्री बन्छन्, उनीहरूलाई चाकडी गर्न विश्वविद्यालयका कमजोर प्राध्यापक जान्छन् । अनी मन्त्री, नेताले कसरी प्राध्यापकलाई सम्मान गर्छन् रु प्राध्यापक सक्षम छन् भने उनीहरूलाई काम र जिम्मेवारीको अफर आउनुपर्‍यो । प्राध्यापकले वजन राख्न नजान्दा, अरूले हेप्ने समस्या भएको हो ।

आफ्नो क्षेत्रमा अलिकति विज्ञता भएको व्यक्ति हत्तपत्त चाकडी गर्न जाँदैन । त्यस्तालाई अहंकारी भन्ने पनि गर्छन् । जसलाई आफ्नो क्षमताको भरमा केही गर्न सक्दिनँ भन्ने लाग्छ, त्यस्ताहरू अरू थप प्राप्तिका लागि चाकडी गर्न जान्छन् । त्यसरी चाकडी गर्न जाने चलनले क्षमतावान्ले कहिल्यै अवसर नपाउने समस्या छ ।

चाकडी गर्न नजानेले केही नपाउने भएकाले सक्षम पनि जाने चलन बढेको छ । सक्षमले चाकडी नगरे सधैँ अयोग्यले मात्र हालीमुहाली गर्ने अवस्था भयो । यो कुसंस्कृति विकसित भएको छ । पहिलो कुरा, प्राध्यापक आफैँ सक्षम हुनुपर्‍यो । सजिलै प्राध्यापक हुने व्यवस्थाले पनि थप विकृति आएको हो ।

त्रिविमा करार भएका प्राध्यापकमध्ये केही राम्रा भए पनि धेरै ‘झारपात’ छन् । झारपातले उत्पादन गरेका जनशक्ति भविष्यमा कस्ता होलान् रु

संघ–संगठनको स्वार्थ
संघ–संगठनले सधैँ आफ्नो स्वार्थ हेर्छन्, तर त्रिविको हितको स्वार्थ हेर्दैनन् । कर्मचारी तथा प्राध्यापकका संघ–संगठनले सबैभन्दा माथि विश्वविद्यालयलाई राखेर हेर्ने हो भने धेरै समस्या समाधान हुन्छ । दसौँ वर्षदेखि विषय नै हटेको ठाउँमा रहेर प्राध्यापकले तलब खाएका छन् । यस्तो अवस्थामा नैतिकता सबैले देखाउनुपर्छ ।

कतिपय ठाउँमा प्राध्यापकलाई पढाउने भार पुग्दैन, यस्तो अवस्थामा सरुवा गर्न खोज्दा पूर्वाग्रह राख्यो भनेर आलोचना गर्छन् । म आलोचना गर्छु, एक्लै हुँदा टिक्न गाह्रो हुने रहेछ । विद्यार्थी संगठनहरू पनि आफ्ना पार्टीका पक्षमा छन्, त्रिविको समस्यामा गम्भीर छैनन् ।

केही महिनाअघि इन्जिनियरिङमा एक सय रुपैयाँ शुल्क बढेको थियो, आमरण अनशन नै बसे । सय रुपैयाँ एक दिन दुईजनाले चिया खाँदा सकिन्छ । त्रिविलाई आर्थिक रूपमा समस्या छ ।

तर, यस्तो सानो कुरामा पनि सहयोग हुँदैन । पार्टीअनुसारका विद्यार्थी संगठनहरू पार्टीले अह्राएअनुसार कुन पदाधिकारीलाई सजिलो पार्ने र कसलाई अप्ठ्यारो पार्ने भन्नेमा लाग्दा रहेछन् ।

मार्ने धम्की पनि आए
शिक्षाध्यक्ष भइसकेपछि धेरै धम्की पनि आए । म नडराउने भएपछि यस्ता धम्की आउन पनि कम भए । डराउनेलाई धेरै धम्की आउनेरहेछन्जस्तो लाग्यो । स्ववियु चुनावका वेला मार्ने धम्कीसमेत आए । स्ववियु चुनावको कमान्डर म थिएँ ।

त्यसवेला गाडी जलाउनेदेखि मार्नेसम्मको धम्कीसमेत आए । मलाई धम्की दिनेलाई ‘विश्वविद्यालयका लागि कोही सहिद भएका छैनन्, म सहिद हुन परे हुन्छु’ भनेँ । नडराएपछि धम्की पनि आउन छाडे । जीवनमा सन्तुष्ट भइसकेको छु, ठूला महत्वाकांक्षा केही नभएकाले मार्लान् कि भन्ने कुनै डर छैन ।

सुधारको बाटो
त्रिविलाई स्तरीय बनाउने हो भने सेवा आयोगबाट राम्रो शिक्षक छनोट गर्ने व्यवस्था हुनुपर्छ । त्यसका लागि हामीले कार्यविधि बनाउँदै छौँ । कस्ता व्यक्तिले त्रिविमा प्रवेश पाउनेदेखि प्राध्यापक चयनमा समेत यसले भूमिका खेल्छ ।

विद्यार्थीको गुणस्तर बढाउनुपर्छ । विश्वमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा लाग्नुपर्छ । त्यसका लागि समयअनुसार पाठ्यक्रम परिमार्जन गर्दै छौँ । वार्षिक प्रणालीबाट सेमेस्टर प्रणालीमा गयौँ, त्यसमा कोर्सलाई आधा–आधा मात्र गर्ने काम भएको छ ।

सेमेस्टरसुहाउँदो पाठ्यक्रम बनाउन खोजेका छौँ । एक वर्षअघि डिन कार्यालयलाई फ्रेमवर्क दिएको हो, अझै पनि काम भएको छैन । बाहिरबाट हेर्दा त्रिविका पदाधिकारीले काम गरेनन् भन्ने आलोचना पनि हुन्छ । यहाँभित्र आएपछि कामै गर्न नपाउने अवस्था रहेछ । एउटा व्यक्तिगत समस्याले महिनौँ, वर्षौं भुल्नुपर्छ ।

बेकामे र बेतुकका काम लिएर आउने वयक्तिले पनि धेरै अवरोध गरेका हुन्छन् । सोर्सफोर्स र धम्कीले हैरान बनाउँछन् । पदाधिकारी निर्भीक भएर लाग्ने हो भने त्रिविलाई सुधार गर्न सकिन्छ । पदाधिकारीले आ–आफ्नो जालो नबुनेर टिमवर्क गर्ने हो भने सुधार गर्न सकिन्छ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्