‘कांग्रेसको प्रतिपक्षी भूमिका देखिएन’


२८ पुष २०७६, सोमबार
63 Shares
samsad 4

काठमाडौं, २८ पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक शासन व्यवस्थामाथि नै आक्रमण सुरु भएको विभिन्न क्षेत्रका व्यक्तिले औंल्याएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पुस ११ गते केन्द्रीय समितिको बहुमतबाट महाधिवेशन कार्यतालिका सार्वजनिकसहितका निर्णय लिएपछि विभिन्न पक्षसँगको छलफलमा जुटेको संस्थापन इतरका कांग्रेस नेताले आइतबार राजधानीमा विभिन्न क्षेत्रका व्यक्तिसँगको छलफलमा आन्तरिक विवाद समाधान गरेर लोकतन्त्रको रक्षाका लागि उत्रिन सुझाएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सरकार संविधान र विगतका स्थापित मान्यताविपरीत प्रस्तुत हुँदा समेत प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसको उपस्थिति शून्य रहेको सुनाउँदै कांग्रेसको भूमिका प्रभावकारी बन्न नसकेको धारणा राखे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नै बन्देज लगाउने गरी सूचना प्रविधि विधेयक संसदमा पुगे पनि त्यसको विरोधमा कांग्रेसको प्रभावकारी भूमिका नदेखिएको तर्क गरेका छन् ।

संवैधानिक व्यवस्थाविपरीत सरकराले संसद्मा भटाभट विधेयक पेश गरिरहेको सुनाउँदै प्राध्यापक कृष्ण खनालले भने, ‘लोकतन्त्रमाथि आक्रमण भइरहेको छ, त्यसमा कांग्रेसको ध्यान छैन ।’ आन्तरिक विवाद समाधान गरेर लोकतन्त्रको रक्षाका लागि कांग्रेस जुट्नुपर्ने समय आएको सुनाउँदै पार्टी नेतृत्वको कारणले पनि सकारात्मक भूमिका खेल्न नसकेको तर्क गरेको छन् ।

jagdamba.cement
rbbbb

कार्यक्रममा प्राध्यापक लोकराज बरालले सरकारले आफूअनुसार निर्णय गर्ने र कानुन बनाउन सक्रिय रहेपनि प्रतिपक्षी कांग्रेसले त्यसलाई रोक्न आफ्नो सामर्थ देखाउन नसकेको धारणा राख्दै अहिले ‘रुल अफ ल होइन, रुल वाइ ल’ को अवस्था मुलुकमा विद्यमान रहेको बताए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७