स्नातकोत्तर तहको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

काठमाडाैं, २८ पुस । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नतिजा सार्वजनिक गरेको छ । त्रिविले २०७६ सालको असार महिनामा संचालित व्यवस्थापन संकाय संकाय तर्फ एमबीएस प्रथम बर्षको परीक्षाफल सार्वजनिक गरेको हो ।
नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट MBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । त्यसै गरि त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।