चन्द्रमामा डेटिङ जाने प्रेमिका खोज्दै जापानका अर्बपति युवा !


२८ पुष २०७६, सोमबार
japani

टोकियो, २८ पुस । जापानी अर्बपति युसाकु मेजावा चन्द्रमामा घुम्न जाने पहिलो पर्यटक बन्दैछन् । एलन मस्कको कम्पनी स्पेस एक्सले चन्द्र भ्रमणको व्यवसायिक सुरुवात गर्न लागेको छ । सन् २०२३ मा स्टारसिप रकेटमा युसाकु मेजावा चन्द्रमामा घुम्न जानेछन् ।

wanted

उनले चन्द्र भ्रमणको लागि टिकट काटिसकेका छन् । हालै ४४ वर्षका जापानी अर्बपति युसाकुले चन्द्रमामा डेटिङ जान प्रेमिका चाहियो भनेर ट्वीट गरेका छन् । युसाकु सम्बन्ध विच्छेद भएका पुरुष हुन् । उनले ट्वीटमा विज्ञापन गर्दै भनेका छन्, ‘चन्द्रमामा भ्रमण गर्ने पहिलो महिला किन नबन्ने ?’

अर्बपति ब्यापारी युसाकुले आफ्नो वेबसाइटमा भने आफूलाई ‘जीवनसाथी’ चाहिएको बताएका छन् । उनले भनेका छन्, ,‘एक्लोपनको महसुस गरिरहेको छु । भविष्यको जीवन साथीसँग म चन्द्रमामा जान चाहन्छु ।’ बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७