रानिपोखरीमा सात वटा कुवा खोजिने


२० पुष २०७४, बिहीबार
under construction Rani Pokhari

काठमाडौं : रानीपोखरीलाई मल्लकालिन शैलीमै निर्माण गरिने विज्ञहरुले निर्णय गरेका छन् । विज्ञ समूहको बिहीबार बसेको बैठकले रानीपोखरीमा बनेको कंक्रिट संरचना भत्काएर प्रताप मल्लकालीन शैलीमा नै पुनर्निर्माण गरिने भएको हो । बैठकमा सल्लाहकारहरुलाई पनि सहभागी गराइएको थियो ।under construction Rani Pokhari
यस्तै समुहले रानीपोखरीमा सात वटा कुवा खोज्ने निर्णय गरेको छ । रानीपोखरीमा पहिलेदेखि नै सात वटा कुवा छ भन्ने गरिएको छ । तर कहाँ र कस्तो अवस्थामा छ भन्ने थाहा छैन ।
त्यसअघि विज्ञ समूहले मंगलबार र बुधबार रानीपोखरीको उत्खनन गरेको थियो । त्यसक्रममा करिव ३ फिटमा पानी भेटिएको थियो ।
अघिल्लो वर्ष माघ १० मै पुनर्निर्माण प्राधिकरणले थालेको रानीपोखरीको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं महानगरपालिकाले रड र कंक्रिटयुक्त पर्खाल लगाएपछि विवाद आएको थियो । अहिले निर्माण कार्य ठप्प छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७