‘बाबा शिवानन्द स्वामी’ ४० लाख ठगी आरोपमा पक्राउ

काठमाडौं, २८ पुस । बाबा शिवानन्द स्वामी नामले परिचित दीपक भण्डारी ठगी आरोपमा पक्राउ परेका छन् ।
आफ्नो पहुँचका आधारमा चेक रिपब्लिक पठाई दिने भन्दै पाँच युवाहरुलाई ठगी गरेको उजुरीपछि प्रहरीले भण्डारीलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले उजुरीको आधारमा सोमबार बिहान भण्डारीलाई पक्राउ गरेको जनाएको छ । महाशाखाले ३० वर्षका भण्डारीले आफू तन्त्रविद्यामा सिद्ध भएको भन्दै सर्वसाधारणलाई भ्रमित बनाउँदै आएका थिए ।
उनीविरुद्ध पाँच जनाले उजुरी दिएको जनाइएको छ । भण्डारीले ती युवालाई चेक रिपब्लिक पठाउन भन्दै ४० लाख रुपैयाँ भन्दा बढी रकम लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।