विपन्न र असहायलाई नेकपाले बाँड्यो कम्बल

कलैया, २८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चिसोबाट पीडित विपन्न, असहाय तथा ज्येष्ठ नागरिक परिवारलाई कम्बल बितरण गरेको छ ।
बाराको प्रसौनी गाउँपालिका–६ बेलहिया, वडा नं. ५ प्रस्टोकामा आज कम्बल वितरण गरिएको हो । तराई मधेसमा बढदै गएको चिसोबाट बच्नका लागि राहत स्वरुप कम्बल बितरण गरिएको नेकपा नेता सन्तोष साहले बताए ।

नेकपा बाराको आयोजनामा ५० भन्दा बढी विपन्न, असहाय तथा ज्येष्ठ नागरिकका परिवारलाई कम्बल वितरण गरिएको छ ।
सो अवसरमा नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिल, सदस्य उमेश कुशवाहा, भागवती न्यौपाने, महेश विक, सन्तोष साह, प्रदिप साह, नरेश साहलगायतको बिशेष सहभागिता थियो ।
केही समययता चिसो बढदै गएपछि विपन्न, असहाय तथा ज्येष्ठ नागरिकहरुले बढी सास्ती खेप्नुपरेको छ । पीडित परिवारलाई राहत पुगोस् भन्ने उदेश्यले नेकपाले कम्बल वितरण गरिएको हो ।