राष्ट्रिय वाणिज्य बैंकद्धारा माइती नेपाललाई न्यानो कपडा तथा विभिन्न सामग्रीहरु वितरण


२८ पुष २०७६, सोमबार
35 Shares
Bouddha

काठमाडौं,२८ पुस । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत माइती नेपाललाई न्यानो कपडा तथा विभिन्न सामग्रीहरु वितरण गरेको छ ।


बैंकको शाखा कार्यालय बौद्ध, गौशाला र मैतिदेवीले संयुक्त रुपमा आयोजना गरेको गौशालास्थित माइती नेपालको संरक्षणमा रहेका महिला तथा वालबालिकाहरुको लागि न्यानो कपडा, गलैंचा र आवश्यक विभिन्न सामग्रीहरुको सोमबार एक कार्याक्रम बिच वितरण गरिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT


सो कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइराला, माइती नेपालका अध्यक्ष विश्वराम खड्का, बैंकका ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेत, शाखा कार्यालय गौशालाका प्रबन्धक बेदप्रसाद खनाल, शाखा कार्यालय मैतिदेवीका प्रबन्धक कपिल कार्की र शाखा कार्यालय बौद्धका प्रबन्धक सुरेश सापकोटा लगायत माइती नेपालका संरक्षणमा रहेका महिला तथा वालबालिकाहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइरालाले बैंकले गरेको सहयोगको लागि धन्यवाद दिदै यस्ता सहयोगी कार्यहरुको संधै स्मरण गरिने बताइन् ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७