टाटा मोटर्सको कार मेला बिर्तामोडमा


२८ पुष २०७६, सोमबार
tata

काठमाडौं, पुस २८ । टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी र सिप्रदीको आधिकारीक बिक्रेता अलस्का अटोमोबाईल्स प्रालीको सहकार्यमा सुन्दर नगरी बिर्तामोडमा कार मेला सुरु भएको छ। आइतबार सुरु भएको मेला सोमबारसम्म हुनेछ।

कार मेला बिर्तामोडस्थित अलस्का अटोमोबाईल्स टाटा शोरुममा बिहान ११ बेजदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कम्पनीले बताएको छ। उक्त मेलामा ग्राहकहरुले एकै स्थानबाट विभिन्न गाडी किनबेचको सुबिधा प्राप्त गर्न सक्नेछन्।

मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडीसँग साट्न सक्नेलगातयतका अवसर छन् । यस मेलामा निःशूल्क प्रवेश दिइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७