सुनको मूल्य घट्यो


२८ पुष २०७६, सोमबार
gold 1

काठमाडौं, २८ पुस । पछिल्लो समय निकै उतार चढाव देखिएको सुनको मूल्य सोमबार पुन घटेको छ।

आइतबार बढेर प्रतितोला ७५ हजार पुगेको सुन सोमबार घटेर ७४ हजार ८ सय पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। यस्तै आजका लागि तेजावी सुनको मूल्य ७४ हजार ५ सय कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण नेपाली बजारमा पनि घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १५ सय ६० अमेरिकी डलर पुगेको छ।

यस्तै सोमबार नेपाली बजारमा चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७