भाटभटेनी सुपर मार्केटले छल्यो ८० करोड राजश्व

काठमाडौं, २९ पुस । सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटले नक्कली भ्याट बील प्रयोग गरेर राजश्व छली गरेको ठहर गरेको छ ।
राजस्व न्यायाधीकरणबाट भएको फैसला सदर गर्दै सर्वोच्चले सोमबार उक्त निर्णय सुनाएको हो । भाटभटेनीले मूल्य अभिबृद्धि कर छली र त्यसका आधारमा आयकरसमेत छली गरेको आधारमा ८० करोड रुपैंयाँ राजश्व निर्धारण भएको थियो ।
भ्याट छलीमा १० बर्षअघि सुरु भएको अनुसन्धान सर्बोच्चले यो फैसलासँगै कर उठाउने बाटो खुलेको छ । ०६७ साल फागुनमा पहिलो पटक आन्तरिक राजश्व विभागले छापा मारेर ०६४ सालदेखिको कारोबारको अनुसन्धान अगाडि बढाएको थियो ।
कर निर्धारण हुँदै गर्दा तत्कालीन समयमा अनुसन्धान गर्ने शीर्ष तहका कर्मचारीको सरुवापछि भाटभटेनीलगायत अन्य फर्मको अनुसन्धान लम्बिएको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट