पूर्व प्रधानमन्त्रीद्वारा नै कार्यविधि मिचेर ठूलो संख्यामा सुरक्षाकर्मी, कसको निवासमा कति सुरक्षाकर्मी ?

काठमाडौं, २९ पुस । सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्व प्रधानमन्त्रीहरुले भने ब्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्यविीले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् ।
पूर्व प्रधानमन्त्रीहरुले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्य्विधी मिचेका हुन । गृह मन्त्रालयले बनाएको कार्यविधि अनुसार पूर्व प्रधानमन्त्रीहरुलाई नौ जनासम्म सुरक्षाकर्मी दिने ब्यवस्था छ ।
तर, पूर्व प्रधानमन्त्रीहरुले ब्यक्तिगत सुरक्षाका लागि कार्य्विधि नाघेर सुरक्षाकर्मी राख्दै आए पनि गृह मन्त्रालयले ती सुरक्षाकर्मीलाई फिर्ता गर्न सकेको छैन । प्रहरीका निकायमा पनि ती सुरक्षाकर्मी फिर्ता गराउन असफल हुँदै आएको छन् ।
कसका निवासमा कति सुरक्षाकर्मी ?
पुष्पकमल दाहाल – ७७ जना
शेर बहादुर देउवा – ३८ जना
झलनाथ खनाल – १९ जना
माधवकुमार नेपाल – १७ जना
डा. बाबुराम भट्टराई – ११ जना
खिलराज रेग्मी – १० जना
लोकेन्द्र बहादुर चन्द – १२ जना
(राजधानी दैनिकबाट)