रोजगारीमा समस्या : परीक्षा उत्तीर्ण पाँच हजार किन जान पाएनन् कोरिया ?


२९ पुष २०७६, मंगलवार
28 Shares
korea exam eps 850

काठमाडौं, २९ पुस । कोरियाको कृषि क्षेत्रमा कामदार पठाउन समस्या भएको छ। मौसमअनुसार काम हुने र हिँउ पर्दा काम नहुनेलगायत कारण कृषिमा पास भएका अधिकांश युवा कामका लागि कोरिया जान पाएका छैनन् ।

कोरियन भाषा पास भएका साढे ५ हजारभन्दा बढी युवा कोरिया जान पाएका छैनन् । कृषि क्षेत्रमा मौसमअनुसार माग आउने भएकाले भाषा पास भएका अधिकांश युवा रोकिएका हुन् । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाले म्यानुफ्याक्चरिङ र कृषि क्षेत्रमा सन् २००८ देखि कामदार लैजाँदै आएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार सन् २०१७ मा भाषा परीक्षामा पास भएका मध्ये दुई हजार कामदार जना पाएका छैनन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कृषि क्षेत्रमा मौसमअनुसार माग आउने भएकाले भाषा पास भएका युवा पनि जान पाएका छैनन् । शाखा प्रमुख कृष्णप्रसाद खनालले सन् २०१७ मा पास भएका फेव्रुअरीसम्म कोरिया जान समय बाँकी रहेको बताए ।

‘जनवरी र फेब्रुअरीमा कति कामदार जान पाउँछन’, निश्चित छैन्’, उनले भने, ‘फेब्रुरुअरीसम्म जान नपाउने कामदार कोरिया जान चाहे पुनः भाषा परीक्षा पास गर्नुपर्छ ।’ भाषा परीक्षा पास गरेको व्यक्ति कोरियन रोजगारीका लागि रोस्टरमा बस्नुपर्छ ।

jagdamba.cement
rbbbb

रोस्टरमा प्रवेश गरेको दुई वर्ष्भित्र कोरिया गइसक्नुपर्ने प्रावधान छ । तर, पास भएर रोस्टरमा रहेका कामदार पनि माग नआउँदा कोरिया जान नपाएका हुन् । ईपीएस शाखाका अनुसार सन् २००८ देखि हालसम्म ६५ हजार आठ सय ४५ जना कामदार कोरिया गइसकेका छन् । ७० हजार चार सय ६९ जना पास परीक्षा पास गरेका थिए । त्यसमध्ये ६९ हजार ९८ जनाले कोरियन रोजगारीका लागि जब एप्लिकेसन फारम भरेका थिए ।

सन् २०१८ मा पास भएका मध्ये कृषि क्षेत्रकै तीन हजार कामदार बाँकी छन् । ती कामदार एक वर्षभित्र जाने ईपीएस शाखाले जनाएको छ । सन् २०१९ मा उत्तीर्ण भएकाको डाटा इन्ट्रीको काम सुरु भएको छ । सरकारले बर्षेनी नेपालबाट सात हजारदेखि आठ हजार कामदार कोरिया पठाउँदै आएको छ ।

कोरियाले १६ मुलुकबाट वार्षिक ५० हजारभन्दा बढी कामदार लैजान्छ । ‘अन्य देशको तुलनामा पास हुने र जाने नेपालीको संख्या बढी छ’,ईपीएस प्रमुख खनालले भने, ‘तर पास हुने, कोरिया जान चाहने आकांक्षी धेरै भएकाले पनि रोकिएको संख्या बढी देखिएको हो ।’ अन्य देशको तुलनामा कोरियाले नेपाललाई उच्च प्राथमिकता दिएर कामदार लगिरहेको उनको भनाइ छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीष्मकुमार भुसालले पछिल्लो समयमा कृषि क्षेत्रमा पास भएका कामदार कोरिया पठाउन समस्या भएको बताए । पुराना रोकिएका नपठाएसम्म कृषि क्षेत्रका लागि कोरियन भाषा परीक्षा नहुने भएको छ । महानिर्देशक भुसालका अनुसार सन् २०२० मा परीक्षा लिँदा कृषि क्षेत्रका लागि परीक्षा नलिइने बताए ।

यसअघि पास भएकालाई पठाइसकेर मात्र कृषि क्षेत्रका लागि नयाँ परीक्षा सञ्चालन हुनेछ । यद्यपि, म्यानुफ्याक्चरिङतर्फ भने भाषा परीक्षा यथावत हुनेछ । भाषा परीक्षा पास गर्न र पास भएर दुई वर्षसम्म कुर्दा पनि रोजगारी अनिश्चित भएपछि कोरिया जाने आजित भइसकेका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७