२६ लाखको रुमाल बरामद


२९ पुष २०७६, मंगलवार
98 Shares
rumal

कञ्चनपुर, २९ पुस । कञ्चनपुरको महाकाली नगरपालिकाबाट भन्सार छलेर भारत निर्यात हुन लागेको २६ लाख ८८ हजार बराबरको महिला रुमाल (गम्छा) सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

महाकाली नगरपालिकामा रहेको सशस्त्र प्रहरी बल बिओपी पोष्टले भारत निर्यात हँुदै गरेको अवस्थामा भारतीय नम्बरको युपे १८ सिए ४८९२ नम्बरको ट्रकबाट हालै सो मूल्य बराबार रुमाल नियन्त्रणमा लिएको पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामसिंह भण्डारीले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘सशस्त्रको गस्ती टोली देखेपछि ट्रक चालक भारततर्फ फरार भए’, उनले भने, ‘सामान नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएका हौं ।’ प्रमुख भण्डारीले ट्रक र सामान करिब रु ३९ लाख ५० हजार मूल्य बराबरको रहेको र थप कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाएको जानकारी दिए ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७