सार्वजनिक बसभित्र हस्तमैथुन गरेको भिडियो अपलोड गर्ने व्यक्ति एक पक्राउ


२९ पुष २०७६, मंगलवार
mastrubation 8AT4iE320Y

काठमाडौं,२९ पुस । एक वर्षअघि सामाजिक सञ्जालमा सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन् ।

ती युवाले सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गरेको आधारमा उनलाई महानगरीय अपराध प्रहरी महाशाखाले पक्राउ गरेको जानकारी दिएको छ ।
करिब एक वर्षअघि ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने अनुमान गरिएको सार्वजनिक यातायातभित्रै हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सार्वजनिक भएपछि  थियो ।

अपराध गर्ने व्यक्तिले नै खिचेको उक्त भिडियोमा देखिए अनुसार बस बिसौनीमा बिसाइरहेको एउटा खाली बसमा महिला चढ्दै गर्दा ती पुरुष पनि चढ्छन् र पछाडि बस्न नपाउँदै आफ्नो पाइन्ट खोलेर अनैतिक क्रियाकलाप गर्न थाल्छन् ।

उनले बारम्बार आफ्नो क्यामरा ती महिलातर्फ देखाउँछन् । तर ती महिलालाई आफ्नो पछाडि के भइरहेको छ, त्यसबारे अत्तोपत्तो छैन । महिलाको कपालमा वीर्य स्खलन गरेपछि उक्त भिडियो समाप्त हुन्छ । यसबारे आज पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७