सवारी दुर्घटनामा परी गायक निशान भट्टराईको निधन


२९ पुष २०७६, मंगलवार
280 Shares
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

काठमाडौं, २९ पुस । वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ। सोमबार राति आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर गम्भीर घाईते भएका भट्टराईको उपचारका क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा निधन भएको हो। 

 

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दरबारमार्गमा आफैले संचालन गरेको बानथाई रेस्टुरेन्टबाट नियमित गायन सकेर निवास जडिबुटीतर्फ फर्कने क्रममा कार दुर्घटना भएको थियो।

संगीतकार मिलन मोक्तानले दुर्घटनामा गम्भीर घाईते भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिए पनि बिहान ४ बजे चिकित्सकले मृत घोषित गरेको डिसी नेपाललाई जानकारी दिए।

jagdamba.cement
rbbbb

निशान चर्चित गायिका लोचन भट्टराईका भाई हुन्। ५३ वर्षिय उनले खासगरी गजल गायकीमा पहिचान बनाएका थिए।

उनको श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७