उत्तर कोरियासँगको सम्वन्धबारे दक्षिण कोरियाली राष्ट्रपति आशावादी


२९ पुष २०७६, मंगलवार
kim

सोल, २९ पुस । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले मंगलबार उत्तर कोरियासँगको सम्वन्धकाबारेमा आशावादी धारणा व्यक्त गरेका छन् ।

दुई देश र अमेरिकाका बीचमा समेत केही समयदेखि कुराकानी हुन नसकेको भएता पनि चाँडै नै नयाँ चरणमा छलफलहरु हुने विश्वास व्यक्त गरेका हुन् ।

नयाँ वर्षका अवसरमा राष्ट्रपति कार्यालय ब्लु हासउमा शुभकामना दिने क्रममा उनले दुई कोरियाको सम्वन्धमा केही कठिनाई भएपनि सुधार हुने बताए । वार्ताबाट नै आपसी सम्वन्ध सुधार्न सकिने र अव त्यसतर्फ फेरि आफूले जोड दिने उनले जानकारी दिए ।

राष्ट्रपति मुनले आफ्नो सरकार आपसी सम्वन्धहरु सकारात्मक ढंगले अगाडि बढ्छन् भन्ने विश्वासमै रहेको बताए । उनले दुई कोरिया बीचको आपसी सम्वन्ध र उत्तर कोरियासँग अमेरिकाको सम्वन्धमा निराशा भइहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् ।

मुनको अग्रसरता र समन्वयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनको संयुक्त शिखर बैठक पनि सम्पन्न भएका छन् । गत दुई वर्षमा भएका तीन वटा शिखर बैठकपछि सम्वन्ध सामान्य अवस्थामा रहेकाले यस बर्ष पनि महत्वपूर्ण बैठकहरु हुन सक्ने अपेक्षा गरिएको छ ।

विगत लामो समयदेखि एक अर्कालाई कडा शत्रुका रुपमा हेर्दै आएका अमेरिका र उत्तर कोरियाले सम्वन्धलाई सुधार्दै नयाँ चरणमा लैजाने प्रयास हुँदै आएको छ । रासस–सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७