दुई युवती र एक युवा ब्राउनसुगरसहित पक्राउ


२९ पुष २०७६, मंगलवार
arrest

कैलाली, २९ पुस । लागूऔषध ‘ब्राउनसुगर’ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार धनगढी उपमहानगरपालिका–८, बुद्धचोकबाट कैलाली प्रहरीले उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा धनगढी–१० का २० वर्षीय उमेश धामी, सोही स्थानकै २० वर्षीया उमा चौधरी र १९ वर्षीया असरानी चौधरी छन् ।

धनगढी–१० घर भएपनि धामी धनगढी–८, बुद्धचोकनजिकै डेरागरी बस्दै आएका थिए । उनकै कोठाबाट तीनजना समातिएका हुन् । उनीहरुलाई ५१० मिलिग्राम ब्राउगसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।

उनीहरुको साथबाट ब्राउनसुगरसँगै सो सेवन गर्न प्रयोग गरेको १० रुपैयाँका नोटलगायतका सामग्रीसमेत बरामद गरिएको उनले बताए । उनीहरुविरुद्ध मंगलबार कैलाली जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७