दिल्लीमा चोरेको एक करोडसहित कैलालीबाट तीन जना पक्राउ


२९ पुष २०७६, मंगलवार
Pakrau

कैलाली, २९ पुस । भारतको नयाँदिल्लीबाट चोरी गरेको ६५ लाख भारतीय रुपैयाँसहित प्रहरीले कैलालीबाट तीन जनालाई पक्राउ गरेको छ । जुन रकम नेपाली एक करोड दुई लाख बढी हुन्छ ।

उनीहरूको साथबाट थप एक लाख नेपाली रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाजुरा बूढीगंगा नगरपालिका १, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापा छन् ।

जहर र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए । प्रहरीका अनुसार उनीहरूले उक्त रकम नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट चोरी गरेका थिए । चोरिएको रकमबारे भारतीय दूतावासले नेपाल प्रहरीलाई जानकारी गराएको थियो ।

बरामद रकम कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्टो खनेर टिनको बाकस गाडिएको अवस्थामा फेला परेको कैलालीका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७