अस्ट्रेलियामा ५ हजार ऊँटलाई गोली हानियो


२९ पुष २०७६, मंगलवार
2107 Shares
killing camels

अस्ट्रेलिया, २९ पुस । दक्षिण अस्ट्रेलियामा ५ हजार ऊँटलाई गोली हानेर मारिएको छ । खडेरी र पानीको समस्यासँग जुधिरहेको उक्त क्षेत्रमा ऊँटले धेरै पानी खाइदिएपछि हेलिकप्टरबाट गोली हानेर मारिएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

५ दिन लगाएर सुटरुले हेलिकप्टरबाट गोली हानेर ऊँट मारेका हुन्। खडेरी प्रभावित दक्षिणी अस्ट्रेलिया क्षेत्रका रैथानेहरुलाई ऊँटले पानी खाइदिएर असर गरेपछि गोली हानेर मारिएको अधिकारीहरुले जानकारी दिएका छन्।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

क्षिण अस्ट्रेलियाका अबोरिजिनल अगुवाहरुले झुन्डमा आएका ऊँटले ग्रामिण इलाकामा धेरै पानी र खानेकुरा खाइदिने, भौतिक संरचना भत्काइदिनेजस्ता गतिविधि गरेको बताए।

ऊँटका झुन्डलाई छुट्टाइएको एपीआई क्षेत्रमा मात्र २ हजार ३ सय परिवार रैथाने समुदायको बसोबास रहेको त्यहाँका जेनेरल म्यानेजर रिचार्ड किङले बताए। झुन्डछुट्याउने काम आइतबार सकिएको थियो।

jagdamba.cement
rbbbb

मंगलबार एक विज्ञप्ति निकाल्दै रिचार्डले भनेका छन्, पशु अधिकारकर्मीहरुको चिन्तालाई हामीले गम्भीर रुपमा लिएका छौँ तर यहाँका रैथाने जीवहरुको यथार्थबारे धेरै गलत सूचनाहरु आएका छन्। हामीले आगन्तुक प्रजातिमा समाधान खोज्नुपर्छ।

रिचार्डले ऊँटहरु पानी भएका स्थानहरुमा मर्दा मुहानहरु प्रदूषित भएको बताए। पानीका मुहान प्रदूषित हुँदा त्यहाँ आश्रित स्थानीय र रैथाने जीवहरुलाई असर गरेको उनले एएफपीलाई बताएका छन्।

लामोसमयसम्म खडेरी हुँदा रैथाने जीवहरुलाई मात्रै नभएर ऊँटहरुसमेत प्रभावित हुँदा जथाभावी मरेका र रोगी ऊँटहरु फेला पर्ने गरेका थिए। ऊँटले त्यहाँका रैथाने वनस्पति तथा बिरुवाहरुलाई खाइदिने गर्दा विभिन्न समस्याहरु निम्त्याउने गरेको एपीआईले जनाएको छ। त्यहाँका मानिसहरुले यसअघि आउने ऊँटलाई बेच्ने तथा व्यवस्थापन गरेपनि पछिल्लो समय संख्या धेरै हुँदा वातवरणमा असर परेको त्यहाँको वातावरण विभागले जनाएको छ।

सेप्टेम्बरदेखि अस्ट्रेलियामा फैलिएको डढेलोका कारण खानार पानीको अभाव भएपछि ऊँटहरु त्यसैको खोजीमा मानवबस्तीहरुमाछिर्न थालेका छन्। कतिपय खान नपाएर भोकै रहने र जुनसुकै ठाउँमा ऊँटहरु मरेका छन्। पानीमा मुहानहरुमा पानी खाने त्यहीँ मर्न थालेपछि मारिएको हो।

ऊँट अस्ट्रेलियाको रैथाने प्रजाति हैन। यो त्यहाँका लागि बाह्य प्रजाति हो। सन् १८४० मा अस्ट्रेलियामा पहिलोपटक भारतबाट ऊँट ल्याइएको थियो।अस्ट्रेलियामा पहिलो पटक २० हजार ऊँट अन्यत्रबाट ल्याइएको थियो।

अहिले विश्वमा सबैभन्दा बढी ऊँट अस्ट्रेलियामा पाइन्छन्। अस्ट्रेलियाका विभिन्न मरुभूमिहरुमा करिब १० लाखको हाराहारीमा ऊँट रहेको अनुमान गरिन्छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७