कर्मचारीको आचरणमा सुधार ल्याउन आवश्यक छ : प्रधानमन्त्री


२९ पुष २०७६, मंगलवार
77 Shares
PMSecretaryOffice Pratibedan RSS

काठमाडौं, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री समक्ष समितिका अध्यक्ष काशीराज दाहालले वार्षिक प्रतिवेदन २०७६ पेश गरेका हुन् ।

उक्त प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कर्मचारी प्रशासन नतिजामुखी र परिणाममुखी हुनलाई राष्ट्रसेवकको आचरणमा सुधार ल्याउन आवश्यक रहेको बताए । उनले भने, ‘जनताले प्रतिफल प्राप्त हुने गरी काम गर्नुपर्छ, विगतका गलत नीतिका कारण उद्योगहरु रुग्ण हुन पुगे, जसको परिणाम विना काम कर्मचारीलाई पाल्नुपर्ने अवस्था परिस्थिति सिर्जना भयो ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मुलुकमा विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न तथा सुशासन कायम गर्न नेतृत्व तह सुध्रिनु आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीले कर्मचारीलाई जिम्मेवार भएर जनताको काम गर्न निर्देशन दिए ।

समितिको प्रतिवेदनमा मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै गठन भएका तीन तहका सरकारको गन्तव्य एउटै बनाउन, प्रशासनिक खर्चमा कटौती गर्न, अनुचित कार्य सम्बन्धमा कडा कारवाहीको कानूनी व्यवस्था गर्न तथा सरकारी अनुदानको दुरुपयोग भएमा अनुदान रोक्न गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ ।

jagdamba.cement
rbbbb

समितिका अध्यक्ष दाहालले अन्तरप्रदेश समन्वय परिषद्का निर्णयलाई प्रभावकारी रुपमा लागू गर्ने पद्धतिको विकास गर्न तथा तीनै तहका सरकारबीच अन्तरसम्बन्ध र सहकार्यबाट मात्रै सङ्घीयता कार्यान्वयन हुनेजस्ता सुझाव प्रतिवेदनमा समेटिएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७