पास्टरले भन्थे, ‘पाप मेटाउन तिमीले मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’


१ माघ २०७६, बुधबार
paster

काठमाडौं, १ माघ । ‘रोग र पाप मेट्ने’ विश्वास दिलाउँदै एक युवतीलाई यौन सम्पर्क गर्न दबाब दिएको आरोपमा प्रहरीले चर्चका पास्टरलाई पक्राउ गरेको छ ।

‘विश्वासका लागि आशा विश्वासी मण्डली’ चर्चका विश्वास जोशी भनिने ध्रुवबाबु जोशीलाई प्रहरीले पक्राउ गरेको हो । पीडित युवतीले प्रहरीमा जाहेरी दिएपछि महानगरीय प्रहरी परिसर ललितपुरले जोशीलाई नियन्त्रणमा लिएको हो ।

‘पाप मेटाउन तिमीले मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’ भनी पटप पटक जवरजस्ती करणी गरको उल्लेख गरेकी छन् । शारीरिक सम्पर्क गरेको कुरो बाहिर ल्याए परमेश्वरको शक्तिले नाश गर्ने भन्दै धम्क्याएको व्यहोरा पीडितको जाहेरीमा उल्लेख छ । जाहेरीमा जोशीले जबरजस्ती करणी गरको पीडितले उल्लेख गरेकी छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७