‘नेपाली राजनीतिमा नयाँ अध्यायको प्रारम्भ’


१७ आश्विन २०७४, मंगलवार
KP sharma oli

KP sharma oli

‘यो देशको जन्मकुन्डलीमा ०७४ मा देशभक्त बामपन्थीको सरकार बन्ने लेखेकै छ’ 

काठमाडौं  : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले, माओवादी र नयाँ शक्तिबिचको चुनावी तालमेल कसैका विरुद्धमा नभए नेपाल र नेपालीको पक्षमा रहेको बताएका छन् । यो एकताले ०७४ सालमा देशभक्त बामपन्थीको सरकार बन्ने त्यसले मुलुकलाई समृद्ध बनाउने उनको भनाई छ ।

मंगलबार राष्ट्रिय सभागृहमा आयोजित तीन पार्टीबिचको घोषणा कार्यक्रममा बोल्दै एमाले, माओेवादी केन्द्र र नयाँ शक्तिबीचको नेपालको आवश्यकता र जनताको आकांक्षा भएको उनको भनाई छ । अध्यक्ष ओलीले तीन पार्टीको एकीकरणले नेपाली राजनीतिमा नयाँ अध्यायको प्रारम्भ भएको बताए । उनले ७४ सालमा मा देशभक्त बामपन्थीको सरकार बन्ने बताए । उनले भने, यो देशको जन्मकुन्डलीमा ०७४ सालमा मा देशभक्त बामपन्थीको सरकार बन्ने लेखेकै छ ।

ओलीले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबिचको एकता सामान्य बहुमत नभई दुई तिहाईको लागि भएको बताए । ओलील भने, ‘साधारण बहुमत ठूलो कुरा होइन । हाम्रो ध्यान दुई तिहाई तिरको छ ।’

अध्यक्ष ओलीले पार्टी एकीकरण मात्रै नभइ आगामी मंसिरमा हुन लागेको प्रादेशिक र प्रतिनिधिसभाको लागि चुनावी तालमेल पनि गर्न लागेको बताए । उनले तीनै पार्टीले एउटै चुनाव चिन्ह लिएर उठ्न लागेको भए पनि कानुनी जटिलताले सम्भावना नभएको बताए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७