पाकिस्तान नियन्त्रित काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता, ५३ घाइते


१ माघ २०७६, बुधबार
pakistan

पाकिस्तान, १ माघ । पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ ।

घटनाका कारण अरु ५३ जना घाइते भएका र २८ जना हराईरहेका अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । उनीहरुका अनुसार कुल ५८ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने अरु ८२ वटा घरमा पनि आंशिक क्षति भएको छ ।

प्रकोप व्यवस्थापन कार्यालयका अधिकारीहरुले घटनास्थलबाट थप विवरणहरु आउने क्रम जारी रहेको र खोजी तथा उद्धार कार्य पनि भइरहेको जनाएका छन् । देशको निलम उपत्यकामा सवै भन्दा धेरै हिमपात र वर्षाको असर परेको छ । त्यस क्षेत्रमा मात्रै ५९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

उनीहरुका अनुसार निलम उपत्यकामा मात्रै ५३ जना घाइते भएका छन् भने ५० भन्दा बढी घरहरु क्षतिग्रस्त भएका छन् । हराईरहेका २८ जनाको पनि खोजी भइरहेको जनाइएको प्रकोप व्यवस्थापन कार्यालयका अहमद राजा क्वाद्रीले जानकारी दिए । उनले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने पनि बताए ।

काश्मिरमा कैयौं हिउँपहिरो गएका विवरणहरू आएको उनको भनाई छ । वर्षा र हिमपात भएको क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध भएका छन् । कैयौं मानिस विभिन्न ठाउँहरुमा फसेको जनाइएको छ ।

उक्त क्षेत्रमा विगतमा पनि बेला बेलामा प्राकृतिक विपद् आइपरिरहने भएपनि यस पटकको विपद् निकै घातक भएको छ । खराब मौसमले पाकिस्तानका अन्य भागमा दर्जनौंको ज्यान गएको र छिमेकी मुलुक भारत, अफगानिस्तानलगायतका देशहरुमा पनि प्रभाव परेको समाचारमा जनाइएको छ । रासस–सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७