दक्षिण कोरियामा गत वर्ष तीन लाख रोजगारी सिर्जना


१ माघ २०७६, बुधबार
korea nepal shikharnews

सोल, १ माघ । दक्षिण कोरियामा गत वर्ष सन् २०१९ मा तीन लाखसम्म रोजगारी सिर्जना भएको पाइएको छ ।

अघिल्लो वर्षको तुलनामा यो संख्या तीन गुणा बढी भएको पनि बुधबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले देखाएको छ । तथ्याङ्कमा बेरोजगार दर भने ३.८ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

कोरियामा सन् २०१९ मा रोगजारमा आवद्धहरुको संख्या दुई करोड ७१ लाख २३ हजार रहेको थियो । सन् २०१९ मा रोजगारीको संख्यामा लगातार बृद्धि हुदै आएको समाचारमा जनाइएको छ । बेरोजगार भएकाहरुको संख्या भने सन् २०१९ मा कुल १० लाख ६३ हजार रहेको तथ्याङ्कमा देखाइएको छ । रासस–सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७