मापदण्ड मिचेका ग्याँस उद्योग आजदेखि बन्द


२१ पुष २०७४, शुक्रबार
gass

काठमाण्डौं : मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका ग्याँस उद्योग सरकारले बन्द गर्ने भएको छ । ग्याँस उद्योगहरु मापदण्ड पूरा गर्न उदासीन देखिएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले आज (शुक्रबार) बाट उद्योगहरुको अनुगमन थालेको छ ।gass

विभागले अनुगमनका क्रममा मापदण्ड मिचेको पाइए त्यस्ता उद्योग बन्द गर्ने चेतावनी दिएको छ । ‘गुणस्तर चिन्हृ नलिने उद्योग अब चल्न पाउने छैनन्’–विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने । विभागले गत वर्ष कात्तिकमा तीन महिनाभित्र अनिवार्य रुपमा एनएस चिन्हृ लिन बोटलिङ प्लान्टलाई आग्रह गरेको थियो ।

तर, एक वर्ष बितिसक्दा पनि विभागको आग्रह पालना नभएपछि कडा रुपमा उत्रिनु परेको विभागले जनाएको छ । विभागका अनुसार हालसम्म ४ वटा यस्ता बोटलिङ प्लान्टले मात्र गुणस्तर चिन्हृ लिएका छन् । हाल नेपालमा ५५ वटा ग्याँस उद्योग छन् । गुणस्तर चिन्हृ लिने उद्योगमा मनोज ग्याँस प्रालि, नेपाल ग्याँस उद्योग, श्रीकृष्ण ग्याँस उद्योग प्रालि र साइबाबा ग्याँस उद्योग प्रालि छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७