बालुवाटारमा कुकर बम राख्न कसरी सफल भयो विप्लव समूह ?


२ माघ २०७६, बिहीबार
sena 2

काठमाडौं, २ माघ । नेत्रविक्रम चन्द (विप्लव) समूहले देशको सबैभन्दा संवेदनशिल क्षेत्र बालुवाटारमा राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ । नेपाली सेनाको टोलीले गए राति ११ बजे बम निस्क्रिय पारेको हो ।

नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी विज्ञानदेव पाण्डेले कुकर बम निस्क्रिय पारिएको जानकारी दिएका छन् ।

विप्लव समूहले प्रधानन्यायाधीश निवास नजिकै ललिता निवास जग्गामा विष्फोटक पदार्थ राखेको थियो । विप्लव समूहले विष्फोटक पदार्थसँगै उक्त जग्गा कब्जा गरेको उल्लेख गरी पर्चा समेत राखेको थियो ।

ललिता निवास जग्गा व्यक्तिको नाममा खरिद बिक्री गर्ने काममा संलग्न भएको भन्दै विप्लव समूहले शोभाकान्त ढकालको घरमा बम विष्फोट समेत गराएको थियो । बम विष्फोटबाट नागार्जुन–१ नर्सरीचोकस्थित ढकालको घरको गेट, झ्यालका सिसा र पार्किङ गरेर राखिएको गाडीमा क्षति पुगेको छ । देशको सबैभन्दा संवेदनशिल क्षेत्रमै विप्लव समूहले बम राख्न सफल भएको कुराले सुरक्षा संवेदनशिलतामा प्रश्न उठाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७