गायिका आस्था राउतले प्रहरीलाई ‘अपशब्द’ प्रयोग गरेको भन्दै प्रहरीले बनायो छानबिन समिति


२ माघ २०७६, बिहीबार
aastha

काठमाडौं, २ माघ । चर्चित गायिका आस्था राउतले आफूमाथि विमानस्थल प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङका क्रममा महिला प्रहरीले आफूमाथि अपमानित व्यवहार गरेको आरोप लगाएकी हुन् । अहिले गायिका राउतले प्रहरीले आफूमाथि अनमान गरेको भन्दै आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ बनिरहेको छ ।

भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गर्दै आफू एउटा सामाजिक व्यक्ति भए पनि विमानस्थलमा प्रहरीबाट अपमानित हुनु परेको अभिव्यक्ति दिएकी थिइन् ।

यता गायिका राउतको भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले आफूले पनि उक्त भिडियो हेरेको बताएका छन् । घटनाबारे छानविन प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिंदै उनले भने, ‘प्रहरीलाई गालीगलौज गरेको भिडियो देखेपछि छानबिन समिति गठन भइसकेको छ ।’ छानविन समितिको को–को रहेका छन् भन्नेबारे प्रहरीले खुलाएको छैन ।

aast

भिडियोमा गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले अपमानजनक व्यवहार गरेको आरोप लगाएकी छन् । ‘ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो ?’ भन्दै आस्थाले प्रश्न गरेकी छिन् । उनले प्रहरी संगठनलाई ठूलाहरुले नै शुद्धिकरण गर्दै अनुशासन र नैतिकताको शिक्षा दिनुपर्ने बताएकी छन् ।

यो पनि पढ्नुहोस्
‘मेरो जीन्दगी नै संगीतमा समर्पित छ’
गल्ती सच्चाउन छोडेर एउटी चेली बिरुद्ध प्रहरीको ‘लविङ्ग’ ?
गायिका आस्था राउतलाई पक्राउ गरेर मुद्दा चलाउने पक्षमा प्रहरीका उच्च अधिकारी

झापाको भद्रपुर विमानस्थलमा रमिता नामकी महिला प्रहरीले आफूमाथि असभ्य व्यवहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै आक्रोश पोखेकी थिइन् । भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस को कि फुलिस’ जस्ता अपशब्द पनि प्रयोग गरेकी छन् । प्रहरी हाम्रो साथी भन्ने स्लोगन समेत हटाउन राउतले बताएकी छन् ।

यसैबीच सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि गायिका राउतले माफी मागेकी छन् । ‘रिसको आवेगमा वेद पढिदैन्, मलाई पनि त्यस्तै भयो,’ गायिका राउतले माफी माग्दै भनेकी छन्, ‘आवेशमा प्रयोग भएका केहि शब्दहरुका लागि क्षमा चाहन्छु ।’

यो पनि हेर्नुहोस्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७