दुर्गा प्रसाईंलाई लिखित जवाफसहित अदालत उपस्थित हुन आदेश


२ माघ २०७६, बिहीबार
दुर्गा प्रसाईं Durga Parsai

काठमाडौं, २ माघ । जिल्ला अदालत काठमाडौंले बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई लिखित जवाफसहित अदालत २१ दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।

बिहीबार जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई लिखित जवाफसहित २१ दिनभित्र अदालतमा उपस्थित हुन भन्दै सूचना जारी गरेको छ । बिएण्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्ययनका लागि सम्बन्धन प्रदान गर्न आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको प्रसाईंले आरोप लगाएका थिए ।

त्यसलगत्तै गिरीले जिल्ला अदालत काठमाडौँमा प्रसाईविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका थिए । मुद्दा परेपछि जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई २१ दिनभित्र हाजिर हुन वा जवाफ पेस गर्न सूचना पठाएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७