अवरुद्ध संसद वैठकबारे छलफल गर्न कांग्रेस डाक्यो संसदीय दलको बैठक


२ माघ २०७६, बिहीबार
congress 2

काठमाडौं, २ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । कांग्रेसले पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

‘संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई संसद्मा राख्न नसकेकाले संसद् यथाश्रीघ चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएका हौं’, उनले भने । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको उनको भनाइ छ । बैठक दिनको १ः३० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७