खेलमा पराजित भएपछि उत्तर कोरियाले खेलाडीलाई यस्तो सजय दिन्छ


२१ पुष २०७४, शुक्रबार
d

बीबीसी: उत्तर कोरिया जस्तो देश जहाँ राष्ट्रको छविलाई सर्वोपरि ठानिन्छ , त्यस्तोमा कुनै खेडालीले ओलम्पिकमा भाग लिनु सौभाग्यको कुरा हो।d
ओलम्पिकमा जित हासिल गर्ने खेलाडीलाई देश र नेताको सम्मानका रुपमा प्रयोग गरिन्छ। तर, एक हार वर्तमान शासनको पूरै हेराइ परिवर्तन गर्न काफी हुन्छ। त्यो हार त्यतिबेला झन दर्दनाक हुन्छ, त्यो हार जब आफ्ना दुश्मन देशसँग प्राप्त हो। जस्तै जापान, अमेरिका वा दक्षिण कोरिया।
पछिल्ला केही दिनमा अवस्था यस्तो भएको छ, उत्तर कोरिया फेब्रुअरीमा हुने विन्टर ओलम्पिकमा भाग लिन सक्छ। यो खेल यसकारण पनि रोमाञ्चक छ, यो खेलको आयोजना दक्षिण कोरियाको प्योङचाङमा हुँदैछ।
यदि उत्तर कोरियाले यी खेलमा भाग लियो भने युद्धको अवस्थामा रहेका उत्तर र दक्षिण कोरियाबीच जमेको हिउँ पग्लिने संकेत देखिन्छ। यद्यपी यी खेलमा उत्तर कोरिया केवल दुई एथलेटिकमात्र लेख्न सक्छ।
उत्तर कोरिया १९६४ देखि विन्टर ओलम्पिकमा र १९७२ देखि ग्रिष्मकालीन ओलम्पिकमा भाग लिँदै आएको छ। अहिलेसम्म उत्तर कोरियाले ५६ पदक आफ्नो नाम गर्न सफल भएको छ, जसमा १६ स्वर्ण पदक छन्।
आर्थिक आधारमा हेर्दा ग्रीष्मकालीन ओलम्पिकमा जितेको पदकको आधारमा उत्तर कोरिया ७ औं स्थानमा छ। उत्तर कोरियाले धेरैजसो पदक कुस्ती, भारोत्तोलन, जूडो र बक्सिङमा जितेको छ। विन्टर ओलम्पिकमा उसले केवल दुई पदक मात्र जितेको छ।
उत्तर कोरियामा सामान्य रुपमा खेलको आयोजना पछि प्रशारण गरिन्छ। अर्थात उत्तर कोरियामा प्रत्यक्ष प्रशारण गरिँदैन। २०१४ मा एसियाली खेलमा पुरुष फुटबल टिमले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो, जहाँ उसको प्रतिस्पर्धा दक्षिण कोरियासँग हुँदै थियो।
सो खेलमा उत्तर कोरिया आफ्नो जित सुनिश्चित भएकोमा ढुक्क थियो। तर अन्तिममा खेलको नजिता १–० ले दक्षिण कोरियाले जित्यो। उत्तर कोरियाले सो खेलको समाचार कहिल्यै प्रशारण गरेन, र इतिहासबाट सो खेल सधैंकालागि हटाइदियो। खेल विजेतालाई उत्तर कोरियामा धेरै सम्मान गरिन्छ। यो स्वाभाविक पनि हो।
तर, यदि खेलाडीले हार्यो भनेरु यो निकै ठूलो प्रश्न हो। खेलमा पराजय व्यहोर्ने खेलाडीलाई जेलमा सजाय दिने गरिने कुरा उत्तर कोरियमा सुनिन्छ। यद्यपी यसको स्वतन्त्र रुपमा पुष्टि भने हुन सकेको छैन।
उत्तर कोरियाको समाचार वेबसाइट एनके न्युजमा विश्लेषक फेदुर टेर्टिट्सकी भन्छन्, ‘विगत केही वर्षमा पराजयलाई लिएर उत्तर कोरियाको सोचमा परिवर्तन भएको छ। यदि हार्ने प्रत्येक हार्ने खेलाडीलाई श्रम शिविरमा राख्ने हो भने खेलाडीको अभाव हुन्छ भन्ने कुरा उत्तर कोरियाका नेताले बुझेका छन्।’

१९९० मा बेइजिङ एसियाली खेलमा एक जुडो खेलाडीले हारको सामना गर्नुपर्यो। पछि उनलाई कोइला खानीमा श्रम गर्न पठाएको सार्वजनिक भएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७