अवकासको मुखमा आइजीपीसहित तीन एआइजी र १७ डिआइजी

२७ औं आइजीपी बनेर को आउँलान् ?


२ माघ २०७६, बिहीबार
IGP Sarbendra khanal


काठमाडौं, २ माघ । नेपाल प्रहरीमा २७ औं प्रहरी महानिरीक्षक (आइजीपी) चयनको गृहकार्य अगाडि बढेको छ ।

२६ औं प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आगामी २८ माघमा ३० वर्षे सेवा अवधिका कारण अवकास पाउँदै छन् । उनीसँगै तीन एआइजी र १७ डिआइजी पनि सेवाहदका कारण अवकाशको संघारमा छन् ।

सुरक्षा निकायमा नेतृत्वले अवकास पाउनु भन्दा एक महिना अघि विदामा बस्ने र आफूपछि रोलक्रममा अगाडि रहेकालाई कार्यवाहकको जिम्मेवारी दिने चलन छ । आइजीपी खनालसँगै दोस्रो र तेस्रो वरियताका उच्च प्रहरी अधिकारी समेत खनालसँगै अवकाशमा जाने भएपछि आइजीपी विदामा बस्न पाएका छैनन् ।

आइजीपी खनालसहित २९ माघ २०४६ मा भर्ना भएका ९० औं ब्याचका एआइजीहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात र अन्य १७ जना डिआइजीले एकै साथ २८ माघमा अवकाश पाउँदै छन् ।

रोलक्रम अनुसार खनालपछि ९० औ ब्याचमा खनाल भन्दा पछि प्रहरी निरीक्षकमा भर्ना भएका डिआइजी ठाकुर प्रसाद ज्ञवाली, तारिणी लम्साल र सुर्य उपाध्याय दाबेदार हुन् । तर, डिआईजी उपाध्याय डिआईजी बढुवामा नै पछि परिसकेकाले उनी दौडबाट बाहिरिइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७