सिटी एक्सप्रेसले दियो तीन बिजेतालाई सामसुङ स्मार्ट टिभी


२ माघ २०७६, बिहीबार
ci

काठमाडौं, माघ २ । सिटीएक्सप्रेसले तीनजना बिजेतालाई सामसुङ स्मार्ट टिभी दिएको छ।

‘दशैं–तिहारमा उपहारको बहार’ योजना २०७६ भाद्र १५ देखि २०७६ पौष १५ सम्म संचालन गरेकोमा उक्त अवधिमा उत्कृष्ट व्यवसाय गर्न सफल व्यवसायीलाई स्मार्ट टिभी दिएको हो।

नेपालटार स्थित एभरसेफ मनि ट्रान्सफरबाट सरलाअधिकारी र रानीबारी स्थित अक्सफोर्ड नेपालमनि ट्रान्सफरका पिताम्बर सापकोटाले ३२ इन्चको सामसुङ स्मार्ट टिभी पाएका छन्।

त्यस्तै, ढल्को स्थित फिनटेक सर्भिसेजका रबिन्द्र महर्जनले ४३ इन्चको सामसुङ स्मार्ट टिभीप्राप्त गरेका छन्। बिहीबार राजधानीमा सिटी एक्सप्रेस आयोजित कार्यक्रममा एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनले उपहार दिएका हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७