राष्ट्र बैंकका डेपुटी गभर्नरको निलम्बन फुकुवा


२ माघ २०७६, बिहीबार
shiba raj

काठमाडौं, २ माघ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको निलम्बन फुकुवा भएको छ ।
वित्तिय सुशासन उल्लङ्घन गरेको आरोपमा मन्त्रिपरिषदकै निर्देशनमा छानबिनपछि श्रेष्ठलाई मन्त्रिपरिषद्ले नै निर्दोष ठहर गरेको हो ।

बिहीबार सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि एवं सहरी विकासमन्त्री समेत रहेका सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले श्रेष्ठलाई मन्त्रिपरिषद्ले निर्दोष ठहर गरेको जानकारी दिए ।

बाँस्कोटाले कुनैपनि व्यक्तिमाथि छानबिन हुनु स्वभाविक भएको भन्दै छानबिनबाट निर्दोष ठहरिएपछि डेपुटी गर्भनर श्रेष्ठलाई सफाइ दिएको बताए । निलम्बन फुकुवासँगै कात्तिक १८ गतेदेखि निलम्बित अबस्थामा रहेका श्रेष्ठ नियमित काममा फर्किने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७