के आराम मात्र गरिरहेका होलान् त ओली ?
काठमाण्डौ : पार्टी एकता र सरकार गठनको मुख्य पात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि चार दिनयता घरमै आरम गरिरहेका छन् ।
स्वास्थ्यमा क्रमिक सुधार हुन थालेपछि औपचारिक कार्यक्रममा नदेखिएपछि घरबाटै सक्रिय छलफलमा छन् ओली । राष्ट्रियसभा निर्वाचन चाँडो हुनुपर्ने भन्दै बोलिरहेका ओली के चार दिनयता साँच्चीकै चुपचाम आराम मात्र गरिरहेका होलान् त ? अहिले धेरैको मनमा यो जिज्ञासा उठिरहेको छ । ओलीका प्रेस सल्लाहकार चेतन अधिकारी औपचारिक कार्यक्रमहरुमा अध्यक्ष ओली नदेखिए पनि अनौपचारिक रुपमा सक्रिय नै रहेको बताउँछन् । उनले भने–‘अध्यक्ष ज्यूले घरमै बसेर वर्तमान राजनीतिक संकट निकासका लागि अनौपचारिक छलफलहरु जारी राखिरहनु भएको छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय वैठकमा समेत उपस्थित नभएका ओली निरामीबाट उठेपछि कस्तो एक्सन लिन्छन् भन्ने कुरा अहिले सबैको चासो बनिरहेको छ । अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार आइरहेकाले अब चाँडै नै नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता र सरकार गठनका विषयमा आवश्यक कदमहरु चाल्ने प्रेस संयोजक चेतन अधिकारी बताउँछन् ।