के आराम मात्र गरिरहेका होलान् त ओली ?


२१ पुष २०७४, शुक्रबार
oli

काठमाण्डौ : पार्टी एकता र सरकार गठनको मुख्य पात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि चार दिनयता घरमै आरम गरिरहेका छन् ।oli

स्वास्थ्यमा क्रमिक सुधार हुन थालेपछि औपचारिक कार्यक्रममा नदेखिएपछि घरबाटै सक्रिय छलफलमा छन् ओली । राष्ट्रियसभा निर्वाचन चाँडो हुनुपर्ने भन्दै बोलिरहेका ओली के चार दिनयता साँच्चीकै चुपचाम आराम मात्र गरिरहेका होलान् त ? अहिले धेरैको मनमा यो जिज्ञासा उठिरहेको छ । ओलीका प्रेस सल्लाहकार चेतन अधिकारी औपचारिक कार्यक्रमहरुमा अध्यक्ष ओली नदेखिए पनि अनौपचारिक रुपमा सक्रिय नै रहेको बताउँछन् । उनले भने–‘अध्यक्ष ज्यूले घरमै बसेर वर्तमान राजनीतिक संकट निकासका लागि अनौपचारिक छलफलहरु जारी राखिरहनु भएको छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय वैठकमा समेत उपस्थित नभएका ओली निरामीबाट उठेपछि कस्तो एक्सन लिन्छन् भन्ने कुरा अहिले सबैको चासो बनिरहेको छ । अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार आइरहेकाले अब चाँडै नै नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता र सरकार गठनका विषयमा आवश्यक कदमहरु चाल्ने प्रेस संयोजक चेतन अधिकारी बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७