फिर्के र राज्जा–रानी रिलिज


२१ पुष २०७४, शुक्रबार
flim

काठमाण्डौं : दुई नेपाली फिल्म सार्वजनिक फिर्के र राज्जा रानी शुक्रबार रिलिज भएको छ । याम थापाले निर्देशन गरेको राज्जा रानी नेपाली मात्र नभएर मैथिली भाषामा समेत सार्वजनिक भएको छ । पश्चिम तराईमा व्याप्त दाइजो प्रथामाथि बनेको फिल्ममा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरासियालगायतको मुख्य भूमिका छ ।flim

रवि डंगोलले निर्देशन गरेको चलचित्र फिर्केमा अर्पण थापा, ऋचा शर्मा, सुलेमान शंकर, क्रिष्टी पौडेल, अर्जुन गुरुङको अभिनय छ । बलिउडतर्फ नयाँ फिल्म रिलिज भएनन् । हलिउडका लागि भने दुई फिल्म ‘द ग्रेटेस्ट सोम्यान’ र ‘इन्साइडियसस् द लास्ट की’ रिलिज भएका छन् । पिरियोडिक म्यूजिकल ड्रामा द ग्रेटेस्ट सोम्यानलाई माइकल ग्रेसीले निर्देशन गरेका हुन् ।

फिल्ममा ज्याक इफ्रोन, माइकल विलियम्स, ह्युग ज्याकम्यान लगायतको अभिनय छ । त्यस्तै सुपरन्याचुरल हरर ड्रामा इन्साइडियस द लास्ट कीलाई एडम रबटेलले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७