हिमानीको ओठमा देखिन थाल्यो मुस्कान, सुध्रिए पारस !


२१ पुष २०७४, शुक्रबार
himani26

काठमाण्डौं : पूर्व युवराज पारसको आचरणमा दिनहुँ सुधार देखिन थालेपछि पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहको अनुहारमा मुस्कान देखिन थालेको छ । उदण्ड स्वभावकै कारण निर्मल निवासमा प्रवेश समेत पाउन नसकिरहेका पारसको स्वभावमा परिवर्तन देखिन थालेपछि पति–पत्नीबीचको सम्बन्ध सुध्रिएको मात्र छैन, निर्मल निवासको ढोका समेत खुल्ने संकेत मिल्न थालेको छ ।parash

खानपिन र स्वास्थ्यमा निकै ध्यान दिइरहेका पारस अहिले योगामा आफूलाई बढी केन्द्रित गरिरहेका छन् । बैंककबाट फर्केपछि पारस बहिनी शीताष्मा (काका धीरेन्द्रकी छोरी) को घरमा बस्दै आएका छन् । पिता पूर्वराजा ज्ञानेन्द्र, आमा कोमल र पत्नी हिमानीसहित परिवारका सदस्यसँग उनको भेटघाट कमै हुने गरेको थियो । तर, पछिल्लो एक वर्षयता बाबु–आमा र श्रीमतीसँगको भेटघाट पनि बाक्लिँदै गएको उनका निकटहरुले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७