गोप्य कुरा खुल्ने डरले ट्रम्पको पुस्तक लुकाउँदै वकिल


२१ पुष २०७४, शुक्रबार
trump

काठमाण्डौं : विश्वका चर्चित व्यक्तिले पुस्तक प्रकाशन गर्नु पछिल्लो समय फेसन जस्तै बन्न थालेको छ । अहिले विश्वका सञ्चार माध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुस्तकबारे चर्चा गरिराखेका छन् ।trump

पुरुतकमा थुप्रै गोप्य कुरा भएको अनुमान गरिएको छ । पुस्तकमा स्टिभ बेननसहितका ट्रम्पका पूर्व सहयोगीले ट्रम्प प्रशासनका बारेमा गोप्य कुरा खुलासा गरेको केही दिन अघि नै सार्वजनिक भइसकेको छ । पुस्तकमा सार्वजनिक हुने खुलासाले ट्रम्प प्रशासन समस्यामा परेको बनाइन्छ । यहि कारण राष्ट्रपति ट्रम्पका कानुन व्यवसायीहरु यो पुस्तक बजारमा जानबाट रोक्ने प्रयासमा जुटेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलले उनको प्रशासनका बारेमा गम्भीर दाबी प्रस्तुत गरिएको पुस्तक बजारमा जानबाट रोक्ने प्रयास शुरु गरेका छन् । पत्रकार माइकल वुल्फले लेखेको ट्रम्प प्रशासनसम्बन्धी पुस्तक ‘फायर एण्ड फ्यूरी ः इनसाइड द ट्रम्प ह्वाइट हाउस’ मा राष्ट्रपति ट्रम्पको ह्वाइट हाउस यात्रा र त्यसपछिका विभिन्न पक्षकाबारेमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७