राखेप पूर्व उपाध्यक्ष शेर्पाको स्वास्थ्य जटिल, पूर्वप्रधानमन्त्री नेपालले अस्पताल पुगेर भेटे


३ माघ २०७६, शुक्रबार
Madhav Kumar Nepal and Tendi Sherpa

काठमाडौं, ३ माघ :  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले उपचारत राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष टेण्डी शेर्पालाई भेटेका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व महासचिव समेत रहेका शेर्पा ‘इएलेस डिजिज’ नामक रोगबाट लामो समयदेखि पिडित छन् । पछिल्लो समयमा काठमाडौंको ह्याम्स अस्पताल उपचार गराइरहेका शेर्पालाई शुक्रबार अस्पताल पुगेर वरिष्ठ नेता नेपालले भेटेका हुन् ।

वरिष्ठ नेता नेपालले अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गर्दा शेर्पा भावुक बनेका थिए । उनी बोल्न सक्दैनन् । उनले लेखेर नेता नेपाललाई सम्झिएर आएकोमा धन्यवाद प्रकट गरेका थिए ।

परिवारिक स्रोतका अनुसार शेर्पाको पछिल्लो स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । ‘इएलेस डिजिज’ नामक नशा सम्बन्धी रोगबाट पीडित शेर्पा अमेरिका गएका थिए । तर, त्यहाँ पनि निको नभएपछि उनलाई नेपाल ल्याइएको हो ।

तत्कालिन नेकपा एमालको भातृ संगठन नेपाल खेलकुद महासंघका महासचिव टेण्डी अनेरास्ववियूका पूर्व विद्यार्थी नेता हुन् । उनी दुई पटक अमृत साइन्स क्याम्पसको सभापति निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७