के भयो ओलीलाई, किन जाँदैछन् एक्कासी बैंकक ?


२१ पुष २०७४, शुक्रबार
oli

काठमाण्डौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आउँदो पुस २६ गते बैंकक जाने भएका छन् । ओली ६ दिनका लागि बैंकक जान लागेको जनाइएको छ ।oli

मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीलाई चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै जानुपर्ने थियो । चुनावका बेला सर्वाधिक व्यस्त बनेका नेता ओली बिरामी भएर घरमै आराम गरिरहेका बेला समेत अनौपचारिक रुपमा सक्रिय थिए । यसबीचमा नयाँ सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भएको कारण ओलीले यहि अवधिमा स्वास्थ्य जाँच गराउन चाहेको स्रोतको दाबी छ ।

ओलीको स्वास्थ्य अवस्थाकै कारण पार्टी एकताका लागि प्रचण्ड र उनको छलफल हुन सकेको छैन । चार दिनयता औपचारिक कार्यक्रममा नदेखिएका ओलीले बिहीबारको सर्वदलीय बैठकमा समेत भीम रावल, सुवासचन्द्र नेम्वाङ, बिष्णु पौडेललगायतका नेताहरुलाई पठाएका थिए । बिराम बिसेक भएपछि पार्टी एकता र सरकार गठनमा सक्रिय हुने अपेक्षा गरिरहेका बेला एक्कासी अध्यक्ष ओली बैंकक जाने कार्यक्रम तय भएपछि पार्टी एकताको प्रक्रिया झन् पछि धकेलिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७