गायिका आस्था राउतविरुद्ध प्रहरी जवान रमिताले दिइन् जाहेरी


३ माघ २०७६, शुक्रबार
Aastha Raut

काठमाडौं, ३ माघ :  प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

विमानस्थलमा गायिका आस्था राउतको चेकजाँच गरेकी उनले आफू ड्यूटीमा रहँदा गालीगलौच र अभद्र ब्यवहार भएको भन्दै उजुरी दिएकी हुन् ।

विमानस्थल प्रहरी कार्यालयले उक्त उजुरी महानगरीय प्रहरी कार्यालय रानिपोखरी पठाएको जनाएको छ। महानगरीय प्रहरी कार्यालयले उजुरी आएको पुष्टि गर्दै आवश्यक अनुसन्धान गरेर कारबाही गरिने जनाएको छ ।

गत बुधबार गायिका राउतले आफूमाथि दुव्र्यवहार भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्। त्यसको केहीबेरमा नै उनले भिडियो हटाएकी थिइन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७