क्याम्पा डाँडामा तेस्रो लिङ्गी फेला, हत्याको आशंका


४ माघ २०७६, शनिबार
third

मकवानपुर, ४ माघ । मकवानपुरको हेटौंडामा एक तेस्रो लिङ्गी मृत फोला परेका छन् । हेटौंडा उपमहानगरपालिका–५ स्थित क्याम्पा डाँडाका अजिता भुजेल मृत फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

सडक छेउमा मृत भेटिएका उनको घाँटीमा नीलडाम देखिएको छ । अन्दाजी २५ वर्षको उनको शव उत्तानो अवस्थामा फेला परेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार उनको घाँटीमा बिजुलीको तार बेरिएको छ । घटनाको प्रकृति हेर्दा कसैले उनको हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । ‘प्रहरी टोली घटनास्थल गएको छ,’ एसपी राठौरले भने, ‘टोली फर्किएपछि घटनाबारे विस्तृत जानकारी प्राप्त हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७